लुम्बिनी प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ कायम हुने
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या ८ कायम गर्ने तयारी
लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ वटा कायम गर्ने गरी तयारी अघि बढाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई मन्त्रालयको संरचना पुनरवलोकन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी तोकेको छ। बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयद्वारा प्रस्तुत सवारीसाधन नवीकरण तथा पटके सेवा सञ्चालनसम्बन्धी प्रस्ताव पनि स्वीकृत गरेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›