सागरनाथ वनको १३ सय १६ बिगाहा जग्गामा व्यापक अतिक्रमण

newsofnepal.com · 3 दिन अघि

सर्लाही, रौतहट र महोत्तरीमा फैलिएको सागरनाथ वन विकास परियोजनाको १३ सय १६ बिगाहा जग्गामा हुकुम्बासीहरूले वर्षौंदेखि अतिक्रमण गरेर बसे पनि सरकारले हटाउन सकेको छैन । नदी किनाराका सुकुम्बासीलाई धमाधम हटाइरहेको वर्तमान सरकारले सागरनाथ वन परियोजनाको हजारौं विगाहा जग्गा अतिक्रमण गरेर बसेका हुकुम्बासीहरूलाई किन हटाउन सकेन भन्नेमा गम्भीर प्रश्न सिर्जना भएको छ । सागरनाथ वन परियोजनमा भएका विभिन्न अनियमितता र वन क्षेत्रमा गैरकानुनी रूपमा पोखरी सञ्चालन गर्न दिने जिल्लाका वन अधिकारी तथा सागरनाथ वन विकास परियोजनाका अधिकारीहरू तथा जिल्ला वन अधिकृत गरी दर्जनौं व्यक्तिविरुद्ध अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले यसअघि नै भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू