श्रीलंका सरकारद्वारा नेपाली पर्यटकलाई ३० दिनको लागि निःशुल्क ‘टुरिस्ट भिसा ईटीए’ दिने घोषणा
▸ यस स्टोरीको अंश: श्रीलंकाले नेपाली नागरिकलाई ३० दिनको निःशुल्क पर्यटक भिसा दिने
श्रीलंकाले नेपाली नागरिकलाई निःशुल्क पर्यटक भिसा (इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन–ईटीए) उपलब्ध गराउने घोषणा गरेको छ। काठमाडौंस्थित श्रीलंकाली दूतावासका अनुसार नेपालसहित ४० देशका नागरिकका लागि यो सुविधा लागू गरिएको हो। पर्यटन प्रयोजनका लागि श्रीलंका जाने नेपाली नागरिकले अब ३० दिन अवधिको डबल–एन्ट्री टुरिस्ट भिसा (ईटीए) निःशुल्क प्राप्त गर्न सक्नेछन्। यो व्यवस्था २०२६ मे २५ देखि लागू भएको जनाइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›