फिलिपिन्समा भवन दुर्घटना
▸ यस स्टोरीको अंश: फिलिपिन्समा निर्माणाधीन भवन ढल्यो, दर्जनौँ कामदार फसेको आशंका
फिलिपिन्सको राजधानी मनिलाको उत्तरमा रहेको एन्जलस सहरमा निर्माणाधीन नौ तले भवन आइतबार बिहान ढल्दा दर्जनौँ कामदार फसेको आशङ्का गरिएको छ । दुर्घटनापछि उद्धार अभियान तीव्र पारिएको छ भने कम्तीमा २२ जना कामदार जीवितै बाहिर निस्कन सफल भएका छन् । प्रहरीका अनुसार पम्पङ्गा प्रान्तस्थित एन्जलस सहरमा आँधीबेहरीका बिच बिहान सबेरै निर्माणाधीन भवन एक्कासि ढलेको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित