एमाले केन्द्रीय सदस्यको कार्यविभाजन : अध्यक्ष र महासचिवले अन्तिमरूप दिने
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा कार्यविभाजन, राजनीतिक अवस्था र पार्टी पुनर्गठनबारे छलफल
नेकपा (एमाले) को केन्द्रीय सदस्यहरूको कार्यविभाजनको प्रस्तावलाई अन्तिमरूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेललाई जिम्मेवारी दिइएको छ । आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनलाई ध्यान दिएर केन्द्रीय सदस्यलाई स्थानीय तहकेन्द्रित र जनसङ्गठनको इञ्चार्जको जिम्मेवारी दिइएको छ । बैठकले पार्टी पुनर्गठन र प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्न उपाध्यक्ष रामबहादुर थापा संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›