गुनासो सुन्न रास्वपाको नयाँ अभियान: केन्द्रीय कार्यालयमा दैनिक सांसद र केन्द्रीय सदस्य, कुन दिन को ?
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिक गुनासो सुन्न नयाँ अभियान सुरु गर्यो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आम नागरिक र पार्टीका सदस्यहरूसँग प्रत्यक्ष संवाद र भेटघाटका लागि नयाँ पहल सुरु गरेको छ । वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा नागरिकका समस्या, सुझाव र गुनासो सुन्नका लागि प्रतिनिधि सभा सदस्य (सांसद) र केन्द्रीय सदस्यहरू नियमित रूपमा उपलब्ध हुने कार्यतालिका सार्वजनिक गरिएको छ । रास्वपाले जारी गरेको सूचना अनुसार, आगामी जेठ ३ गतेदेखि जेठ ८ गतेसम्म बिहान १०:०० बजेदेखि साँझ ५:०० बजेसम्म तोकिएका प्रतिनिधिहरू कार्यालयमा रहनेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›