नदी तथा खानीजन्य सामग्री उत्खननमा रोक

यस स्टोरीको अंश: कास्कीमा असारदेखि भदौसम्म नदी तथा खानीजन्य पदार्थ उत्खननमा रोक
gorkhapatraonline.com · 4 दिन अघि

कास्कीमा असार १ गतेबाट नदी तथा खानीजन्य सामग्री उत्खननमा रोक लगाइएको छ । ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्रि तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को दफा ९ बमोजिम असार, साउन र भदौ तीन महिना उत्खनन् गर्न नपाइने व्यवस्था कार्यान्वयन गरिने भएको छ । अवैध उत्खनन नियन्त्रण गर्न गस्ती परिचालन गरिने र उत्खननबाट प्राप्त राजश्व गुम्न नदिन विलविजक जारी हुने अवस्था सुनिश्चित गरिने निर्णय भएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू