मुख्यमन्त्रीद्वारा कैलारीका टेढी र गुर्गी बाँधको निरीक्षण
▸ यस स्टोरीको अंश: मुख्यमन्त्री शाहद्वारा कैलालीका टेढी र गुर्गी बाँधको निरीक्षण
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलाली जिल्लाको कैलारी गाउँपालिका–२ टेढीस्थित टेढी बाँध तथा वडा नम्बर ३ कुकुरभुक्कामा रहेको गुर्गी बाँधको निरीक्षण गर्नुभएको छ । मुख्यमन्त्री शाहले कटैनी नदीमा निर्माण गरिएका जिल्लाकै पुराना सिँचाइ आयोजनाअन्तर्गतका बाँधहरूको बिहीबार साँझ स्थलगत निरीक्षण गर्नुभएको हो । टेढी सिँचाइ आयोजनाबाट गाउँपालिकाका वडा नम्बर ६, ८, २, ३, ५ र ७ तथा गुर्गी सिँचाइ आयोजनाबाट वडा नम्बर ७, ५, १ र ३ का कृषकहरू लाभान्वित हुँदै आएका थिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›