डा. श्रेष्ठको ‘नेपाल गाथा’लाई ‘उत्तम शान्ति पुरस्कार’को घोषणा

यस स्टोरीको अंश: पालुङटारमा ‘भजन महोत्सव–२०८३’ आयोजना हुने
baahrakhari.com · 1 हप्ता अघि

उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०८२ सालको ‘उत्तम शान्ति पुरस्कार’ प्रख्यात वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठद्वारा लिखित कृति ‘नेपाल गाथा’लाई प्रदान गर्ने निर्णय गरेको छ । गुठीद्वारा जारी विज्ञप्तिअनुसार वर्षभरि प्रकाशित निबन्ध, संस्मरण, जीवनी, आत्मकथा लगायतका गैरआख्यानात्मक कृतिमध्ये एक उत्कृष्ट कृतिलाई ‘उत्तम शान्ति पुरस्कार’ समर्पण गर्दै आइएको जनाइएको छ । पुरस्कारका साथ नगद राशि एक लाख रुपैयाँ प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ । रोचक, सरल र प्रवाहपूर्ण भाषाशैलीका माध्यमबाट नेपालको विविधतायुक्त संस्कृति, गौरवशाली इतिहास, जातीयता र पर्यावरणीय वैशिष्ट्यलाई ‘नेपाल गाथा’ गैरआख्यान कृतिमा सफलतापूर्वक उजागर गरेकोमा उक्त कृतिका लेखक डा. तीर्थबहादुर श्रेष्ठलाई पुरस्कार प्रदान गरिने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ । यसअघि यस पुरस्कारबाट मञ्जुल, सत्यमोहन जोशी, अम्बर गुरुङ, देवीचन्द्र श्रेष्ठ, दुर्गा घिमिरे, इल्या भट्टराई, सरुभक्त, भूपिन, शारदा शर्मा, जगदीश घिमिरे, कर्ण शाक्य, भैरवबहादुर थापा, झमक घिमिरे, परशु प्रधान, गिरीश गिरी, रोशन शेरचन, डा. नवराज केसी लगायतका स्रष्टाहरू पुरस्कृत भइसकेका छन् । पुरस्कार यही जेठ १२ गते समर्पण गरिने पनि गुठीले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू