सात मुलुकसँग श्रम सम्झौता प्रक्रिया अघि बढ्यो
▸ यस स्टोरीको अंश: श्रम मन्त्रालयले सात मुलुकसँग श्रम सम्झौता गर्ने र पुनः श्रम स्वीकृतिलाई स्वचालित बनाउने तयारीश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि प्रदान गरिने पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउने तयारी गरेको छ । मन्त्रालयका सचिव डा दीपक काफ्लेले पुनः श्रम स्वीकृतिको नीतिगत प्रवन्धमा सुधार गर्ने प्रश्ताव मन्त्रालयमा प्राप्त भइसकेको र यसलाई छिट्टै टुङ्गोमा पुर्याइने जानकारी दिएका हुन् । मन्त्रालयले विभिन्न १ सय वटा व्यावसायिक फर्महरूमा ‘श्रम अडिट’ गर्ने कार्यलाई अघि बढाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›