स्थानीय तहका रोजगार सेवा केन्द्रलाई एकीकृत स्वरूपमा विस्तार गर्ने तयारी
▸ यस स्टोरीको अंश: रोजगार सेवा केन्द्र अब 'रोजगार, सीप तथा उद्यमशीलता केन्द्र'मा रूपान्तरण हुने
सरकारले देशभर सञ्चालनमा रहेका स्थानीय तहका रोजगार सेवा केन्द्रलाई थप विस्तारित र एकीकृत सेवा दिने संरचनामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ । अब ती केन्द्रहरू ‘रोजगार, सीप तथा उद्यमशीलता केन्द्र’ का रूपमा सञ्चालन गर्ने तयारी गरिएको हो । युवा, श्रम तथा रोजगार मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार ‘रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी एकीकृत सेवा प्रवाह कार्यविधि, २०८३’ स्वीकृत भइसकेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›