पहाडका केही स्थानमा मध्यम वर्षा, तराईमा तातो हावाको सम्भावना
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भागनजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभावले देशका केही भागमा वर्षा भएको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा बादल लाग्ने तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›