प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी धम्की दिने व्यक्तिलाई कारबाही प्रक्रिया अघि बढ्यो
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्की दिने युवक पक्राउ
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई फोनमार्फत धम्की दिने व्यक्तिलाई कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ । कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालद्वारा आज जारी विज्ञप्तिमा प्रकाश खड्का नाम गरेका व्यक्तिले प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गर्दै अभद्र भाषा प्रयोग गरी धम्की दिएको ‘अडियो’ सार्वजनिक भएपछि सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई तत्काल कानुनी कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिइएको उल्लेख छ । कार्यालयले कानुन तथा स्थापित प्रशासनिक प्रक्रियाअनुसार आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका राष्ट्रसेवक कर्मचारीमाथि भय र त्रास सिर्जना गर्ने, अमर्यादित व्यवहार गर्ने तथा दबाब दिने गतिविधि पूर्णतः निन्दनीय र अक्षम्य रहेको जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›