संसद्‌मा श्रम संस्कृतिको ‘पर्चा–राजनीति’– सभामुख र हर्क साम्पाङको टकरावले कहाँ पुग्ला सदन ?

यस स्टोरीको अंश: सभामुख अर्याल र सांसद साम्पाङबीच संसदमा टकराव, निलम्बनको चेतावनी
www.reportersnepal.com · 1 हप्ता अघि

प्रतिनिधिसभामा सभामुखको आसनमा बसेर एकातिर संसद्को नियम र मर्यादाको वकालत गरिरहेका सभामुख डीपी अर्याल र अर्कातर्फ हातमा पर्चा बोकेर प्रधानमन्त्री र मन्त्रीहरू कहाँ छन् भन्दै सदनमा खैलाबैला गर्ने श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र उक्त दलका सांसदहरुबीचको निरन्तरको टकरावले अहिले प्रतिनिधिसभालाई अनिर्णयको बन्दी बनाउने खतरा बढाएको छ । हर्क साम्पाङ र उनका सांसदहरूको दैनिकजसो पर्चा देखाएर गरिने विरोधको मूल निशाना प्रधानमन्त्री बालेन्द्र शाह र उनका मन्त्रीहरू छन् । श्रम संस्कृति पार्टीले सरकार र अझ विशेषगरी प्रधानमन्त्री बालेन संसद्प्रतिको उत्तरदायी नभएको भनी केही दिनदेखि लगातार एउटै एजेन्डा उठाइरहेको हो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू