पुरुषोत्तम महिना सुरु, मत्स्यनारायण मन्दिरमा भक्तजनको घुइँचो
▸ यस स्टोरीको अंश: पुरुषोत्तम महिना सुरु भएसँगै मत्स्यनारायण मन्दिरमा भक्तजनको घुइँचो
आजदेखि पुरुषोत्तम महिना सुरु भएसँगै राजधानीको दक्षिण पश्चिम भागमा अवस्थित मत्स्यनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । हरेक तीन वर्षमा पर्ने अधिकमासमा चन्द्रागिरी नगरपालिका–९ मा रहेको उक्त मन्दिरमा एक महिनासम्म मेला लाग्ने गर्छ । यो मेलालाई मत्स्यनारायण मेला पनि भनिन्छ । मन्दिरसँगैको कुण्डमा स्नान गरी त्यसको मध्यभागमा रहेको भगवान् मत्स्यनारायणको दर्शन गरेमा पाप नास हुने जनविश्वास छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित