धिरबहादुर र सुनमायालाई छायाँनाथ अल्ट्रा रेसको उपाधि

यस स्टोरीको अंश: धिरबहादुर बुढा र सुनमाया बुढा प्रथम छायानाथ अल्ट्रा रेसमा
ehimalayatimes.com · 1 हप्ता अघि

मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना तथा अल नेपाल स्पोर्ट्स फाउण्डेसनको सहकार्यमा आयोजित ‘प्रथम छायाँनाथ अल्ट्रा रेस’मा पुरुषतर्फ धिरबहादुर बुढा र महिलातर्फ सुनमाया बुढा प्रथम हुनुभएको छ । आइतबार बिहान ६ः४० बजे किम्रीबाट सुरु भएको ३३ किलोमिटर दूरीको प्रतियोगितामा १२ महिला र ४६ पुरुष गरी कुल ५८ जना धावक सहभागी भएका थिए । धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको रेस किम्रीबाट सुरु भई छायाँनाथ, चिताइकुना हुँदै पुलुमा पुगेर सम्पन्न भएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू