सीले पुटिनलाई भने : इरान युद्ध अन्त्य गर्न मैले ४ प्रस्ताव राखेको छु

यस स्टोरीको अंश: अमेरिकी राष्ट्रपति ट्रम्पपछि रुसी राष्ट्रपति पुटिनको चीन भ्रमण
www.drishtinews.com · 1 हप्ता अघि

चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्वको खाडी क्षेत्रको अवस्था युद्ध र शान्ति बिचको महत्त्वपूर्ण मोडमा रहेको र सबै शत्रुता अन्त्य हुनुपर्ने बताएका छन् । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार चीनको राजकीय भ्रमणमा रहेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग बुधवार वार्ताका क्रममा सीले उक्त टिप्पणी गरेका हुन् । सीले भने, ‘नयाँ लडाइँबाट बच्नुपर्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा वार्ता जारी राख्नुपर्छ ।’ उनले शत्रुताको प्रारम्भिक अन्त्यले ऊर्जा आपूर्ति स्थिरता, औद्योगिक र आपूर्ति शृंखलाको कार्यप्रणाली र अन्तर्राष्ट्रिय व्यापार व्यवस्थामा अवरोध कम गर्ने बताए । सीले भने, ‘मध्यपूर्वमा शान्ति र स्थायित्वको रक्षा र प्रवर्द्धन गर्न, अन्तर्राष्ट्रिय सहमति निर्माण गर्न र स्थितिलाई कम गर्न, शत्रुता अन्त्य गर्न र शान्ति प्रवर्द्धन गर्न मैले चार प्रस्ताव राखेको छु ।’ तर, उनले के प्रस्ताव राखेका हुन् त्यो भने खुलाइएको छैन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प चीनबाट फर्केको ४ दिनपछि नै पुटिन सी भेट्न मङ्गलवार राति बेइजिङ पुगेका हुन् । पुटिनले चीनको राजधानी बेइजिङमा राष्ट्रपति सी चिनफिङसँग शिखर वार्ता गर्नेछन् । यो पुटिनको यस वर्षको पहिलो विदेश भ्रमण हो । यसले पनि वर्तमान विश्व परिवेशमा चीनको महत्त्व कति छ भन्ने कुरा प्रस्ट पार्छ । पश्चिमी प्रतिबन्धका बाबजुद चीन रुसको सबैभन्दा ठुलो तेल खरिदकर्ता र एक प्रमुख सहयोगी बनेको छ । बीबीसीका अनुसार बैठक विशेष गरी नयाँ ग्यास पाइपलाइनमा केन्द्रित हुनेछ, जसले प्रत्येक वर्ष चीनमा ५० अर्ब घन मिटर प्राकृतिक ग्यास ढुवानी गर्न सक्छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू