न्याय सम्पादन प्रक्रियाको मर्यादा कायम राख्ने प्रधान न्यायाधीश डा.शर्माको प्रतिबद्धता
▸ यस स्टोरीको अंश: नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माद्वारा पदबहाली
प्रधानन्यायाधीशमा नियुक्त डा. मनोजकुमार शर्माले न्यायपालिकाको संस्थागत स्वतन्त्रता र न्यायाधीशहरूको व्यावसायिक निष्पक्षतामा कुनै हस्तक्षेप स्वीकार नगर्ने स्पष्ट गर्नुभएको छ । मंगलबार शपथग्रहणलगत्तै सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गर्दै उहाँले न्याय सम्पादन प्रक्रियाको मर्यादा कायम राख्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले न्यायपालिका नेपालको संविधानको संरक्षक, मौलिक अधिकारको प्रत्याभूतिकर्ता तथा लोकतान्त्रिक शासन व्यवस्थाको एक प्रमुख स्तम्भ भएको उल्लेख गर्नुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित