कर प्रणालीमा आमूल परिवर्तनसहित बजेट तयार, करिब २२ खर्बमा के-के समेटियो?
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै, मुलुक आर्थिक सुधारको निर्णायक मोडमा रहेको दाबी
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीमा आमूल परिवर्तन गरेर आगामी आव २०८३/८४ को बजेट तयार पारेका छन् । करिब २२ खर्बको बजेटका सबै कार्यक्रम बिहीबार साँझसम्म ‘लक’ भइसकेका छन् । अर्थमन्त्री वाग्लेले दुई दशकपछि कर संरचनामा ठूलो फेरबदलको हिम्मत गरेका छन् । भ्याटमा बहुदरबारे अध्ययन गर्न समिति बनाउने घोषणा पनि बजेटमार्फत हुँदैछ । व्यक्तिगत र संस्थागत दुवै आयकरका स्ल्याब फेरिएका छन् ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›
सम्बन्धित