पन्ध्र जना विश्वस्तरीय शोधकर्तालाई स्वदेश फर्किन सरकारको आह्वान
▸ यस स्टोरीको अंश: सरकारले काठमाडौंमा 'सार्वभौम एआई कम्प्युट केन्द्र' स्थापना गर्ने, नेपाल टेलिकमको सेयर सर्वसाधारणमा बिक्री गरिने
सरकारले मुलुकलाई सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को केन्द्र बनाउने महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३र८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले काठमाडौँको स्युचाटार क्षेत्रमा अत्याधुनिक सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्ने घोषणा गरेका हुन् । नेपालको आफ्नै डिजिटल सार्वभौमिकता र प्रविधि क्षेत्रको नेतृत्व विकासका लागि यो केन्द्र कोसेढुङ्गा सावित हुने सरकारको विश्वास छ । यसका साथै सरकारले नेपालबाटै विश्वका विभिन्न मुलुकमा सूचना प्रविधिसम्बन्धी सेवा र व्यापार निर्यात गर्न सक्ने गरी विशेष वातावरण र पूर्वाधार निर्माण गर्ने नीति लिएको छ । प्रविधिको विकास र अनुसन्धानका लागि जग बलियो बनाउन बजेटमा गणित, विज्ञान र प्रविधिका विधालाई उच्च प्राथमिकतामा राखिएको अर्थमन्त्री डा. वाग्लेले जानकारी दिए । बजेट भाषणका क्रममा अर्थमन्त्री डा. वाग्लेले विश्वभर छरिएर रहेका नेपाली १५ जना प्रविधि विज्ञहरूलाई स्वदेश फर्किन विशेष आह्वान समेत गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›