सरकारले काठमाडौंको स्यूचाटारमा देशकै पहिलो एआई कम्प्युटर सेन्टर स्थापना गर्ने
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत काठमाडौंको स्यूचाटारमा देशकै पहिलो सार्वभौम आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्प्युटर सेन्टर स्थापना गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गर्दै यस सेन्टरका लागि हजारौँ एआई प्रोसेसिङ युनिटहरू खरिद गरी स्वदेशी एआई उद्यमी र स्टार्टअपहरूलाई सहुलियतपूर्ण रूपमा कम्प्युटर क्षमता उपलब्ध गराइने जानकारी दिए। यसका साथै, नेपाललाई प्रविधि केन्द्र अर्थात् ‘टेक हब’ का रूपमा विकास गर्न नेपाल टेलिकमको सेयर संरचनामा परिवर्तन गरी बाँकी सेयर बिक्री गरिनेछ।