आठ विश्वविद्यालयका उपकुलपतिका लागि २१८ आवेदन, छनोट प्रक्रिया बहुचरणीय मूल्यांकनमा आधारित हुने
▸ यस स्टोरीको अंश: आठ विश्वविद्यालयका उपकुलपति पदका लागि २१८ आवेदनमाथि छानबिन सुरु
देशका विभिन्न आठ विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि २१८ जनाले आवेदन दिएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालयमा सबैभन्दा बढी ५० आवेदन परेका छन् । पूर्वाञ्चल र पोखरा विश्वविद्यालयमा समान ३८-३८ आवेदन दर्ता भएका छन् । सुदूरपश्चिम विश्वविद्यालयका लागि १९, मध्यपश्चिम विश्वविद्यालयका लागि २०, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि ११, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि १५ तथा राजर्षि जनक विश्वविद्यालयका लागि २७ आवेदन प्राप्त भएको मन्त्रालयले जनाएको छ । उपकुलपति सिफारिसका लागि सुमना श्रेष्ठको नेतृत्वमा समिति गठन गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›