सडक विस्तारको काम सुरु
▸ यस स्टोरीको अंश: पथरी बजार सडक विस्तारमा ५० मिटर चौडाइमा सहमति जुट्यो
मोरङको पथरी बजार खण्डको सडक विस्तारको काम सुचारु भएको छ । पूर्वपश्चिम राजमार्ग विस्तार योजना कार्यालय इटहरी, स्थानीय सरोकारवाला उपभोक्ता र निर्माण कम्पनीबिच ५० मिटरको सडक बनाउने लिखित सहमति भएपछि काम सुचारु भएको हो । एसियाली विकास बैङ्कको सहयोगमा निर्माण भइरहेको महेन्द्र राजमार्ग निर्माण गर्नुअघि सरकार, दातृ निकाय र स्थानीय सरोकारवालाबिच सहरी क्षेत्रमा ५० मिटर चौडाइको सडक निर्माण गर्ने सहमति भएको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›