वैदेशिक रोजगारीका नाममा ९७ लाख रुपैयाँ ठगी, छ जना पक्राउ
▸ यस स्टोरीको अंश: सरकारको कडाइपछि म्यानपावर व्यवसायीले भारतको बाटो प्रयोग गरी कामदार पठाउन थाले
वैदेशिक रोजगारीका नाममा विभिन्न व्यक्तिबाट ९७ लाख ५८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा छ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये रामबहादुर आलेमगरले क्यानडा पठाउने भन्दै चार जनाबाट ३९ लाख ५८ हजार, आशिष कार्कीले न्युजिल्यान्डको प्रलोभनमा पारेर तीन जनाबाट १३ लाख रुपैयाँ ठगी गरेका थिए । लोकबहादुर श्रेष्ठले बेलायत, तुलसा पुनमगरले अमेरिका, कृष्णप्रसाद पोखरेलले दुबई र प्रवीण श्रेष्ठले सर्बिया पठाइदिने भन्दै ठगी गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›