क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसले तोक्यो विशेष जिम्मेवारी
▸ यस स्टोरीको अंश: कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न प्रदेशगत जिम्मेवारी तोक्यो
नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई सहज र द्रुत गतिमा अगाडि बढाउन पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई विशेष जिम्मेवारी तोकेको छ । पार्टीको १५औँ महाधिवेशनका लागि नयाँ क्रियाशील सदस्यता वितरण तथा नवीकरण गरी केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने कार्य यही जेठ २१ गतेभित्र सम्पन्न गर्नुपर्ने बैठकले निर्णय गरेको छ । विभिन्न पार्टीबाट कांग्रेसमा समायोजन भएका व्यक्तिका हकमा सदस्यतासम्बन्धी समस्या समाधान गर्न सदस्यता व्यवस्थापन केन्द्रीय समितिका तर्फबाट जिल्लाहरुमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›