गणतन्त्रको रक्षा सबैको साझा जिम्मेवारी : गगन थापा

यस स्टोरीको अंश: गणतन्त्र दिवस मनाइँदै: नेताहरूले गणतन्त्रको विकल्प उन्नत गणतन्त्र नै भएको बताए
www.drishtinews.com · 17 घण्टा अघि

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण सबै नेपालीको साझा जिम्मेवारी भएको बताएका छन् । गणतन्त्र दिवस-२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले भने, “नेपाली जनताको अथक त्याग, बलिदान र समर्पणबाट प्राप्त ऐतिहासिक उपलब्धिको संरक्षण र सुदृढीकरण आजको प्रमुख आवश्यकता हो ।” उनले जनआन्दोलन २०६२/६३ को सफलतापछि स्थापित गणतन्त्रलाई संस्थागत रूपमा मजबुत बनाउँदै नेपाललाई सभ्य, समुन्नत, सुखी र समृद्ध राष्ट्र बनाउन सकिने बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू