लामो संघर्ष, हजारौँ सहिदहरूको बलिदान, त्याग र समर्पणको ऐतिहासिक उपलब्धि हो : ‘प्रचण्ड’

यस स्टोरीको अंश: गणतन्त्र दिवस: प्रचण्ड र दाहालद्वारा उन्नत गणतन्त्र र राष्ट्रिय सहकार्यको आह्वान
prasashan.com · 1 दिन अघि

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपालको संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको साझा उपलब्धि भएको र यसको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई नभएको बताएका छन् । संविधानको कार्यान्वयनमा देखिएका कमजोरीहरूलाई सच्याउँदै राज्य सञ्चालनको प्रक्रियामा विद्यमान परम्परागत परिपाटी र स्वेच्छाचारिताको अन्त्य गर्नु आजको आवश्यकता भएको उल्लेख गर्दै उनले जनताको अधिकार, लोकतान्त्रिक मूल्य र समावेशितालाई सुदृढ बनाउँदै अघि बढ्नु नै साँचो अर्थमा गणतन्त्रप्रतिको सम्मान भएको बताएका छन् । देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धितर्फ अघि बढाउन सबै राजनीतिक शक्ति र आम नागरिकबिच एकता आवश्यक रहेको पनि उनले बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू