ठमेल क्षेत्रबाट पाँच विदेशी महिला पक्राउ, अभद्र व्यवहारसम्बन्धी अनुसन्धान अघि बढाइयो

यस स्टोरीको अंश: कानुन व्यवसायीको सेवा शुल्क नियमन गर्न सांसद लामाको माग, यौनजन्य हिंसा पीडितलाई छिटो न्याय दिने सरकारको तयारी
prasashan.com · 1 दिन अघि

काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलबाट यौन क्रियाकलापसँग सम्बन्धित अवैध गतिविधिमा संलग्न भएको आशंकामा पाँच जना विदेशी महिला पक्राउ परेका छन् । पक्राउ परेकामध्ये चार जना युगाण्डा र एक जना केन्या मूलका नागरिक रहेका छन् । उनीहरूले स्वदेशी तथा विदेशी पर्यटकहरूलाई अनावश्यक रूपमा रोक्ने, सडकमा अवरोध सिर्जना गर्ने तथा यौन क्रियाकलापसँग सम्बन्धित आर्थिक लेनदेनका लागि दबाब दिने जस्ता गतिविधि गरेको उजुरी र निगरानीपछि नियन्त्रणमा लिइएको हो । उक्त घटनासम्बन्धमा पक्राउ परेकामाथि अभद्र व्यवहारको कसुरमा कानुनी प्रक्रिया अघि बढाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू