मिटरब्याज पीडितहरूले धनुषा जिल्ला अदालत घेराउ गर्ने

यस स्टोरीको अंश: मिटरब्याज पीडितहरूले जेठ १९ गते धनुषा जिल्ला अदालत घेराउ गर्ने घोषणा
www.makalukhabar.com · 1 दिन अघि

मिटरब्याज पीडितहरूले यही जेठ १९ गते धनुषा जिल्ला अदालत घेराउ गर्ने घोषणा गरेका छन् । बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्डले उक्त कार्यक्रमबारे जानकारी दिएको हो । आन्दोलनको नेतृत्व गरिरहेको मिथिला कमाण्डका इन्चार्ज मोहन महतोले आगामी मंगलबार शान्तिपूर्ण रूपमा अदालत घेराउ गरिने बताए । पीडितहरू विगत १२ दिनदेखि आन्दोलनमा रहे पनि राज्य पक्षले मागप्रति गम्भीरता नदेखाएको आरोप लगाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू