केही नियामकीय र अनुसन्धान कार्यशैलीप्रति ईक्यान चिन्तित
▸ यस स्टोरीको अंश: शैक्षिक परामर्श संस्थामाथि धरपकडप्रति ईक्यानको आपत्ति, अपराधीकरण नगर्न आग्रह
नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले केही नियामकीय र अनुसन्धान कार्यशैलीप्रति चिन्ता व्यक्त गरेको छ। ईक्यानले एउटा विज्ञप्ति जारी गर्दै यस्तो चिन्ता व्यक्त गरेको हो। ‘हालका केही नियामकीय र अनुसन्धानसम्बन्धी कार्यशैलीप्रति ईक्यानको गम्भीर चिन्ता रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सीमित घटनालाई आधार बनाएर सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रलाई एउटै दृष्टिले हेर्ने प्रवृत्ति, वैधानिक संस्थाहरुको प्रतिष्ठामा पर्ने असर तथा नेपालको अन्तर्राष्ट्रिय शैक्षिक छवि र विश्वसनीयतामाथि पार्ने नकारात्मक प्रभावप्रति हाम्रो आपत्ति रहेको छ।’
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित