डीडीसीको बुटवल बिक्री कक्षमा बढ्यो व्यापार
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहले याक चिजको प्रचार गरेपछि डीडीसी उत्पादनको बिक्री बढ्यो
प्रधानमन्त्री बालेन्द्र शाहको फेसबुक पोष्टपछि दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनप्रति चासो बढेको छ । बुटवलमा डीडीसीका बिक्री कक्षहरुमा दुई–तीन दिनयता चहलपहल बढेको हो । बुटवलकै मिलनचोक तीनकुनेमा सार्वजनिक निजी साझेदारीमा डीडीसीले बिक्री कक्ष स्थापना गरेको छ । बिक्री कक्षका वितरक विष्णु न्यौपानेले दुई दिनदेखि ग्राहकको चहलपहल बढ्नुका साथै फोन समेत आउन थालेको सुनाए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›