कोशीमा प्रहरीद्वारा लागूऔषध विरुद्धको महाअभियान शुभारम्भ
▸ यस स्टोरीको अंश: कोशी प्रदेशमा लागुऔषध दुर्व्यसनविरुद्ध महाअभियान सुरु, प्रदेश सरकारको सहयोग रहने मुख्यमन्त्रीको प्रतिबद्धता
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा विराटनगरमा लागूऔषध विरुद्धको महाअभियान २०८३ कार्यक्रम शुभारम्भ भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आयोजित कार्यक्रमको सुरुमा लागूऔषध दुर्व्यसन मुक्त समाज निर्माण गर्ने साझा उद्देश्यका साथ प्रभातफेरी र्याली निकालिएको थियो । मुख्यमन्त्री कार्कीले लागूऔषध दुर्व्यसन समाजका लागि गम्भीर समस्या बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह, अभिभावक तथा युवाहरूको सामुहिक प्रयास आवश्यक रहेको बताए ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›