लागुऔषध तस्करीमा नयाँ शैली: काँक्रोभित्र खैरो हेरोइन, सोलुखुम्बुका श्रेष्ठ पक्राउ
▸ यस स्टोरीको अंश: काँक्रोभित्र हेरोइन तस्करी गर्ने सोलुखुम्बुका श्रेष्ठ सिन्धुलीबाट पक्राउ
दैनिक उपभोग्य वस्तुको प्रयोग गरी लागुऔषध तस्करी गर्ने नयाँ शैली प्रहरीले फेला पारेको छ । झापाबाट काठमाडौं आउँदै गरेको बा ४ ख ५५०० नम्बरको यात्रुवाहक माइक्रो बस (हायस) मा काँक्रोभित्र लुकाएर ल्याइँदै गरेको १०० ग्रामभन्दा बढी खैरो हेरोइनसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सोलुखुम्बु जिल्ला दूधकुण्ड नगरपालिका-२ निवासी २६ वर्षीय विक्रम श्रेष्ठ रहेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›