३० लाख नगद र खैरो हेरोइनसहित एक जना पक्राउ, ५ दिनको म्याद लिएर अनुसन्धान सुरु
▸ यस स्टोरीको अंश: सचिवको कार्यकक्षमा प्रवेश गरी धम्की दिने शाही पक्राउ, पाँच दिन थुनामा
ठुलो परिमाणको नगद र लागू औषधसहित एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौँको बुद्धपार्क क्षेत्रमा बसोबास गर्दै आएका ४२ वर्षीय कुमार लामा रहेका छन्। प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा उनीबाट करिब १२२ ग्राम खैरो हेरोइन, केही अन्य औषधिजन्य लागूऔषध तथा ३० लाख १७ हजार २४५ रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित