अपुताली जग्गा नामसारी दाखा वापत मोलमोलाई गर्दै घुस माग्ने खाम्चा अख्तियारको फन्दामा
▸ यस स्टोरीको अंश: मालपोतका नायब सुब्बा ओमबहादुर खाम्चाविरुद्ध २ लाख घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर
मालपोत कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नायव सुब्बा ओमबहादुर खाम्चाविरुद्ध दुई लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार जग्गाको नयाँ श्रेष्ता कायम तथा नामसारी गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीपछि खटिएको टोलीले खाम्चालाई सेवाग्राहीबाट २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›