सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो :सभापति थापा
▸ यस स्टोरीको अंश: गगन थापा र प्रदीप पौडेलद्वारा सुकुम्बासी व्यवस्थापनमा सरकारको आलोचना
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले भूमिहिन, सुकुम्बासीको व्यवस्थापनमा सरकार चुकेको बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बाहिरबाट हेर्दा खोला किनारको अव्यवस्थित बस्ती देखिएपनि नागरिकको लागि सबै थोक त्यही भएको थापाले बताए । सुकुम्बासीको समस्या हल गर्न नेपालको संविधानमा आवासको हक सुनिश्चित गरिएको छ । कानुन अनुसार सुकुम्बासीको व्यवस्थापन गर्नुपर्नेमा हठात्मा उठाउने काम भयो । खोलाको छेउमा कुनै सुकुम्बासी रहरले नभई बाध्यताले बसेकाले मानवीय सम्बेदना ध्यानदिनुपर्ने थापाले बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित