१० महिनामा झन्डै ६ अर्ब राजस्व संकलन
▸ यस स्टोरीको अंश: आन्तरिक राजस्व कार्यालय हेटौँडाद्वारा १० महिनामा करिब ६ अर्ब राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय हेटौँडा, मकवानपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनाको अवधिमा करिब ६ अर्ब रुपैयाँ राजस्व उठाउन सफल भएको छ । कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार चालु आवको वैशाख मसान्तसम्ममा कूल ५ अर्ब ९२ करोड ६४ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४ करोड २१ लाख २४ हजार रुपैयाँले बढी हो । कार्यालयले बक्यौता रकम असुल्ने प्रक्रियालाई तीव्रता दिनुका साथै बजार अनुगमनलाई समेत बढाएपछि राजस्व संकलनमा उल्लेख्य सुधार आएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›