हुम्ला र बाजुराका नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध
▸ यस स्टोरीको अंश: बाजुरा-हुम्ला सीमा विवाद अध्ययन गर्न सरकारद्वारा समिति गठन
गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता अपनाउन अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिनका लागि प्रहरी वरिष्ठ उपरीक्षकको संयोजकत्वमा टोली गठन गरेको उल्लेख गर्दै संयमता अपनाउन अनुरोध गरेको हो । आमनागरिकको जिउधनको रक्षा र सीमा क्षेत्रमा शान्ति कायम राख्न सरकार पूर्ण प्रतिबद्ध रहेको जानकारी गराउँदै मन्त्रालयले आकस्मिक बैठकले उक्त छानबिन टोली गठन गरेको पनि जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित