विस्थापित परिवारका बालबालिकामाथि विभेद : मानसिक स्वास्थ्यको चुनौती, एसईईसम्म आवासीय छात्रवृत्ति उपलब्ध गराउँदै काठमाडौं महानगरपालिका

यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाले होल्डिङ सेन्टरका बालबालिकालाई आवासीयसहित निःशुल्क शिक्षाको व्यवस्था गर्‍यो
biznessnews.com · 1 हप्ता अघि

काठमाडौं महानगरपालिकाले नदी किनारका अनधिकृत संरचना हटाउने क्रममा विस्थापित भई कीर्तिपुरस्थित ‘होल्डिङ सेन्टर’मा आश्रय लिइरहेका परिवारका बालबालिकाको शिक्षा सुनिश्चित गर्न विशेष पहल सुरु गरेको छ । महानगरपालिका, निजी विद्यालयका छाता संगठनहरू र अभिभावकबीच भएको त्रिपक्षीय सम्झौताअनुसार विस्थापित बालबालिकाहरूले माध्यमिक शिक्षा परीक्षा (एसईई)सम्मको पूर्ण आवासीय छात्रवृत्ति प्राप्त गर्ने भएका हुन् । हाल होल्डिङ सेन्टरमा रहेका करिव ३ सय परिवारमध्ये पहिलो चरणमा स्क्रिनिङ गरिएका ५० बालबालिकामध्ये ४१ जनालाई बल्खुस्थित जनविकास माध्यमिक विद्यालयमा भर्ना गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू