सहकारीमा डुबेको पैसा धमाधम फिर्ता गर्दै सरकार, क-कसले पाउँछन् ?
▸ यस स्टोरीको अंश: समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु
सरकारले समस्याग्रस्त सहकारीका पैसा धमाधम बचतकर्तालाई फिर्ता गर्न थालेको छ । बुधबार मात्रै थप ३ सय ४ जना साना बचतकर्ताको रकम फिर्ता गरिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो । समितिका अनुसार बुधबार कृषि सहकारीका ८८ जना र शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २ सय १६ जना बचतकर्ताले बचत फिर्ता पाएका छन् । यस अघि समितिले कान्तिपुर सहकारीका २ सय १५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारी ७ जना गरी ३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›