एनसेललाई गुणस्तर र वातावरण व्यवस्थापनमा अन्तर्राष्ट्रिय मान्यता, पायो आईएसओ ९००१ र १४००१ प्रमाणपत्र
▸ यस स्टोरीको अंश: एनसेलले गुणस्तर र वातावरण व्यवस्थापनमा आईएसओ ९००१ र १४००१ प्रमाणपत्र पायो
नेपालको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले गुणस्तर व्यवस्थापन प्रणालीका लागि ‘आईएसओ ९००१’ र वातावरणीय व्यवस्थापन प्रणालीका लागि ‘आईएसओ १४००१’ को अन्तर्राष्ट्रिय मानकीकरण प्रमाणपत्र प्राप्त गरेको छ। यसअघि डाटा सुरक्षा र गोपनीयताका लागि आईएसओ २७००१ र २७७०१ प्राप्त गरिसकेको एनसेल यस्तो प्रमाणीकरण प्राप्त गर्ने नेपालको पहिलो दूरसञ्चार कम्पनी बनेको छ। यी मान्यताहरूले कम्पनीको कार्यप्रणाली विश्वव्यापी मापदण्डअनुसार बलियो रहेको प्रमाणित गरेको प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले बताए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›