जङ्गली च्याउ खाँदा चितवनमा एक बालिकाको मृत्यु, दुई गम्भीर बिरामी
▸ यस स्टोरीको अंश: चितवनमा जङ्गली च्याउ खाँदा तीन बालबालिकाको मृत्यु, एक गम्भीरचितवनमा जङ्गली च्याउ खाँदा इच्छाकामना–१ कुलबाङकी ६ वर्षीया नमुना चेपाङको मृत्यु भएको छ । च्याउ खाएरै सजन चेपाङ र मनिता चेपाङ गम्भीर बिरामी परेका छन् । उनीहरूलाई उपचारका लागि भरतपुर अस्पतालमा भर्ना गरिएको छ । जङ्गली च्याउमा हुने 'एमेनिटा' नामक विषले कलेजोमा असर गरी कलेजो फेल हुने, दिमागमा असर गर्ने र मिर्गौलामा समेत असर गर्ने भएकाले मृत्यु हुने गरेको डा. प्रमोद पौडेलले जानकारी दिनुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›