हर्मुज शुल्कमा अमेरिकी प्रतिबन्ध
▸ यस स्टोरीको अंश: अमेरिकाले हर्मुज शुल्क उठाउने इरानी निकायमाथि नयाँ प्रतिबन्ध लगायो
रणनीतिक हर्मुज जलघाँटी हुँदै हुने समुद्री आवागमनबाट शुल्क उठाउने इरानी निकायमाथि अमेरिकाले नयाँ प्रतिबन्ध घोषणा गर्दै तेहरानमाथिको आर्थिक दबाब अझ कडा बनाएको छ । अमेरिकी अर्थ मन्त्रालयले बुधबार इरानको ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ विरुद्ध प्रतिबन्ध लगाएको घोषणा गरेको हो । अमेरिकाका अनुसार उक्त निकायले हर्मुज जलघाँटी प्रयोग गर्ने जहाजहरूबाट शुल्क असुल्ने व्यवस्था सञ्चालन गर्दै आएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›