अण्टार्कटिका ‘नयाँ प्रणाली’ मा प्रवेश, वैज्ञानिकहरू दिए खतराकाे संकेत
विश्वव्यापी तापक्रम वृद्धिलाई दशकौँसम्म प्रतिरोध गर्दै आएको अण्टार्कटिकाको समुद्री बरफ सन् २०१५ पछि अचानक तीव्र रूपमा घट्न थालेपछि वैज्ञानिक समुदाय चिन्तित बनेको छ । वैज्ञानिक पत्रिका साइन्स एडभान्सेस मा प्रकाशित अध्ययनलाई उद्धृत गर्दै लाइभ साइन्स की विज्ञान पत्रकार सास्चा पारेले जनाएअनुसार अण्टार्कटिकाको समुद्री बरफको तीव्र क्षय शक्तिशाली पश्चिमी हावा, समुद्री सतहभित्रको तातो पानी, नुनिलोपन वृद्धि र मानवजन्य जलवायु परिवर्तनबाट सिर्जित प्रतिक्रिया चक्रका कारण भएको हो । वैज्ञानिकहरूका अनुसार सन् २०१५ पछि अण्टार्कटिका पहिलेको जस्तो रहेन।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›