जेन–जी आन्दोलन प्रकरण : गौरीबहादुर कार्कीसहितमाथि अनुसन्धान गर्न मानवअधिकार आयोगको सिफारिस
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा ४९ जनामाथि अनुसन्धान र कारबाहीको सिफारिस
राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे थप अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले पूर्व न्यायाधीश तथा उक्त घटनाको छानबिन गर्न गठित उच्चस्तरीय समितिका संयोजक गौरीबहादुर कार्कीमाथि समेत अनुसन्धान आवश्यक रहेको उल्लेख गरेको छ । आयोगले सामाजिक सञ्जालमा व्यक्त गरिएका धारणा, प्रकाशित समाचार तथा राष्ट्रिय अनुसन्धान विभागले तयार पारेको प्रतिवेदनका आधारमा केही व्यक्तिको भूमिकाबारे प्रश्न उठेको जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›