आईजीपी कार्की र पौडेलमाथि कारबाही गर्न सिफारिस
▸ यस स्टोरीको अंश: मानव अधिकार आयोगद्वारा प्रहरी र सशस्त्र आईजीपीसहित सुरक्षा अधिकारीहरूलाई कारबाही सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले ‘जेनजी’ आन्दोलनका प्रदर्शनकारीमाथि बर्बर दमन गरेको ठहर गर्दै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसहितका उच्च सुरक्षा अधिकारीहरूलाई विभागीय कारबाही गर्न सरकारसँग सिफारिस गरेको छ । आयोगले गत भदौ २३ गते भएको प्रदर्शनका क्रममा गरिएको बल प्रयोग र त्यसको भोलिपल्ट घटेका घटनाहरूमा मुख्य जिम्मेवार ठहर गर्दै उनीहरूलाई तत्काल कानुनी दायरामा ल्याएर कारबाही गर्न निर्देश गरेको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›