कोशी प्रदेशसभा बैठक अवरुद्ध
▸ यस स्टोरीको अंश: कोशी प्रदेशसभामा प्रतिपक्षी सांसदद्वारा रोष्टम घेराउ, माइक खोस्ने प्रयास
कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज पनि अवरुद्ध भएको छ । सभामुख अम्बरबहादुर विष्टले बैठक सञ्चालन गर्दै जनता समाजवादी पार्टी संसदीय दलका नेता निर्मला लिम्बूलाई बोल्ने समय दिनासाथ प्रमुख प्रतिपक्ष दल विरोधमा उत्रेको थियो । प्रमुख प्रतिपक्ष दल नेकपाका सांसद राजेन्द्र राई ड्यासतर्फ प्रवेश गर्न लागेपछि मर्यादापालकले रोकेका थिए । परिस्थिति प्रतिकूल बनेपछि सभामुखले आधा घण्टाका लागि स्थगन गर्नुभएको बैठक अहिलेसम्म सञ्चालन हुन सकेको छैन । सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति असहमति जनाउँदै हिजोदेखि प्रमुख प्रतिपक्ष दलले बैठक अवरुद्ध गर्दै आएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›