मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता
▸ यस स्टोरीको अंश: लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच विकास साझेदारीबारे छलफल
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायत सरकारकी इन्डो–प्यासिफिक मामिलामन्त्री सीमा मल्होत्राबीच शनिबार रुपन्देहीमा शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा नेपाल र संयुक्त अधिराज्यबीच रहँदै आएको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्ध, विकास साझेदारी तथा लुम्बिनी प्रदेशको विकासका प्राथमिकताबारे छलफल भएको थियो । मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार दिगो, समावेशी तथा रोजगारीमुखी आर्थिक वृद्धिमा केन्द्रित रहेको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›