एकीकृत विपद् प्रतिकार्य अभ्यास ‘मनसुन-६’ सम्पन्न, कोशी तटीय क्षेत्रमा विपद् तयारी सुदृढ गर्न संयुक्त अभ्यास

यस स्टोरीको अंश: सरकारले देशभर नयाँ सार्वजनिक सवारी दर्तामा रोक लगायो, वायु प्रदूषण र ट्राफिक जाम कारण
prasashan.com · 1 हप्ता अघि

आगामी वर्षायामलाई लक्षित गर्दै कोशी प्रदेशका मोरङ र सुनसरी जिल्लामा मनसुनजन्य विपद्का जोखिम न्यूनीकरण तथा प्रतिकार्य क्षमतालाई सुदृढ बनाउने उद्देश्यसहित सञ्चालन गरिएको एकीकृत विपद् प्रतिकार्य अभ्यास ‘मनसुन-६’ सम्पन्न भएको छ । सुनसरीको रामधुनी नगरपालिका-७ स्थित चौसट्टी बिघा क्षेत्रको रसा ताल परिसरमा बिहीबार पूर्वी पृतना मुख्यालय अन्तर्गत नं. २ बाहिनी अड्डाको आयोजनामा उक्त अभ्यास सम्पन्न भएको हो । कार्यक्रम पूर्वी पृतनापति उपरथी गौरव कुमार के.सी. को प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । अभ्यासमा मोरङ र सुनसरी जिल्लामा तैनाथ नेपाली सेनाका गण तथा गुल्म, सैनिक अस्पताल इटहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला रेडक्रस सोसाइटी तथा अन्य सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू