अमेरिका–इरान वार्ताः ओमानलाई हस्तक्षेप नगर्न राष्ट्रपति ट्रम्पको चेतावनी
▸ यस स्टोरीको अंश: बंगलादेशमा 'डोनाल्ड ट्रम्प' नाम दिइएको सेतो भैंसीको बलि रोकियो, चिडियाखानामा सारियो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी वार्ताका बीच ओमानलाई यस प्रक्रियामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन् । बुधवार ह्वाइट हाउसमा आयोजित मन्त्रिपरिषद् बैठकका क्रममा बोल्दै राष्ट्रपति ट्रम्पले रणनीतिक रूपमा महत्वपूर्ण हर्मज जलडमरूमध्य माथि कसैको नियन्त्रण हुन नदिने र अमेरिकाले यसको निरन्तर निगरानी गर्ने स्पष्ट पारे । इरानी सरकारी टेलिभिजनले अमेरिका र इरानबीच एक अनौपचारिक सम्झौताको मस्यौदा तयार भएको दाबी गरेलगत्तै राष्ट्रपति ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित